Monday, June 5, 2023

हरिहरपुरगढीमा हिउँदे तरकारीको विरुवा वितरण

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कृषकहरुलाई हिउँदे तरकारीहरको बोट विरुवा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाले कृषि विकास शाखा तर्फको आर्थिक वर्ष २०७८-०७९ अन्तर्गत आफ्नै नर्सरीमा उत्पादन गरेर कृषकहरुलाई विभिन्न जातका हिउँदे बालीको बोट विरुवा निःशुल्क वितरण गरेको हो ।
गाउँपालिकाले पहिलो चरण अन्तर्गत किसानलाई काक्रो, घिरौला, लौका, फर्सि र करेला प्रति किसानलाई ५ वटा बोट विरुवाको दरले १ सय २० जना कृषकलाई वितरण गरेको गाउँपालिकाको कृषि प्राविधिक सुजन प्रसाद भट्टाराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ९ हजार बोट विरुवा वितरण गर्ने लक्ष्य रहेको छ । जसमा ४ हजार बितरण गरिएको र ५ हजार बोट विरुवा बितरण गर्न बाँकी रहेको छ । काक्राको बोट भने सानै रहेकाले थोरै मात्रामा वितरण गरिएको छ ।
गाउँपालिकाका कृषक तथा बासिन्दाललाई लोकल, गुणस्तर भएको ताजा तरकारी तथा फलफुल प्राप्त गराउने उद्देश्यले आफ्नै करेसामा लगाउन चाहनेलाई बोट विरुवा वितरण गरिएको भट्टाराईले बताउनुभयो । २० मिटर लम्बाई र ६ मिटर चौडाईमा पोलिथिन र टनेल बनाई बेर्नाको बोट विरुवा लगाईएको उहाँको भनाई छ । साथै उहाँले कृषकहरुको माग भए अनुसारको बोट विरुवा लगाई वितरण गरिने पनि बताउनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...