Thursday, June 8, 2023

सिन्धुलीमा संचालन भएको ढाका वुनाई सिप विकास तालिम सम्पन्न

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ मा संचालन भएको ढाका वुनाई सिप विकास तालिम सम्पन्न भएको छ । आज कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख अतिथ्यता, कमलामाई नगरपालिकाका प्रवक्ता एंव वडा नं ७ का वडा अध्यक्ष कर्ण घिसिङ्गको अध्यक्षता र नगर उप प्रमुख मञ्जु देवकोटाले विशिष्ट आतिथ्यतामा ४५ दिने ढाका वुनाई सिप विकास सम्पन्न भएको हो ।
तालिम कमलामाई नगरपालिकाको आयोजनामा, गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम अन्तर्गत पौष १९ गतेबाट संचालन भएको थियो ।
ढाका वुनाई सिप विकास तालिममा वेन कुमारी वस्नेतले प्रशिक्षण गराउनुभएको थियो भने वडा नम्बर ७ का ९ जना महिलाहरुको सहभागिता रहेको थियो ।
महिलाहरुलाई आफैमा आत्मा निर्भर बनाउँने उदेश्यले तालिमको आयोजना गरिएका कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले जानकारी दिनु भयो । समापन कार्यक्रममा उधोग तथा व्यवसाय प्रवर्द्धन विकास शाखाका शाखा प्रमुख शुशिल कुमार वर्मा लगायत उधम विकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...