Monday, June 5, 2023

फिक्कल गाउँपालिकामा सन्चालीत ५ दिने आत्मारक्षा तालिम सम्पन्न

सिन्धुलीको फिक्कल गाउँपालिकामा किशोरीहरुलाई दिईएको आत्मारक्षा तालिम सम्पन्न भएको छ ।
फिक्कल गाउँपालिकाको आर्थिक बर्ष २०७८।०७९ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अन्तर्गत, गाउँपालिकाको आयोजनामा फागुन ४ गते बाट सुरु भएको ५ दिने तालिम आईतबार सम्पन्न भएको हो ।
आत्मारक्षा तालिममा गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ जनाको छात्राका दरले ३६ जना किशोरीहरुको सहभागिता रहेको थियो । तालिममा बाटोमा हिडिरहेको अबस्थामा कसैले आक्रमण गरेमा के गर्ने, कसरी आफु सुरक्षित रहने, आफ्नो रक्षा कसरी गर्ने भनेर प्रयोगात्मक रुपमा अभ्यास गरेर सिकाईएको थियो ।
अहिलेको समयमा महिला तथा बालबालिकामा माथि यौन दुर्रब्यबहार, यौन हिंसा बढिरहेको छ । त्यस्ता समस्याबाट किशोरीहरुलाई बचाउँनका लागी तालिमको आयोजना गरिएको हो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...