Thursday, June 8, 2023

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह गरेको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले प्रजातन्त्रकै जगमा लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन व्यवस्थासम्म आइपुगेको भन्दै अब सबै मिलेर थप सबल र सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले दुई वटा हेलिकप्टरबाट पुष्पवृष्टि गरेको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरेका थिए । ७२औँ प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...