Monday, June 5, 2023

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णयमा उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएको हो ।

कोरोना महामारीका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको र पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको भन्दै महासङ्घले बैंकिङ्ग क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्न सहयोग हुने अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको महासङ्घको भनाइ छ ।

उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढे यो क्षेत्र थप धरासायी हुने र उद्योगी व्यवसायी सडकमा आउने अवस्थातर्फ महासङ्घले सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने हो भने उद्योग व्यवसायलाई निरन्तरता दिन नसकिने महासङ्घले ठहर छ ।

ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने भन्दै महासङ्घले उद्योग क्षेत्र दबाबमा परे त्यसको प्रत्यक्ष असर देशको उत्पादन र अर्थतन्त्रमा पर्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएको छ । तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर नबढाउन बैंकहरुबीच भएको भद्र सहमति हिजो तोडिएको छ ।

तीन महिनादेखि नबढेको मुद्दतीको ब्याजदर बैंकहरुले चाहेमा बढाउन खुला गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । तीन महिनाअघि राष्ट्र बैंकले बैंकहरुलाई मुद्दती निक्षेपको ब्याजदर नबढाउन दबाब दिएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...