Monday, June 5, 2023

सुनकोसी गाउँपालिले बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको भ्याक्सिन लगाउँने कार्यक्रम संचालन गर्ने

सिन्धुलीको सुनकोसी गाउँपालिकामा बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको भ्याक्सिन लगाउँने कार्यक्रम संचालन हुने भएको छ ।
खोप कार्यक्रम यहि माघ २५ गतेबाट २८ गते सम्म पालिकाको बिभिन्न ठाउँमा संचालन हुने आज सोमबार गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।
खोप कार्यक्रम यहि माघ २५ गते पल्धुरीमा बिहान ११ बजेदेखि १ बजेसम्म, २६ गते रामटार, मुल्कोट, दुम्जामा बिहान ७ बजेदेखि १० बजेसम्म, नागेडाँडा, टारिगाउँमा बिहान ११ बजे देखि २ बजेसम्म, २७ गते बिहान ६ बजेदेखि १० बजेसम्म बाहोरेटार, रातमाटा, टुप्पिडाँडाँमा, बिहान ११ बजेदेखि २ बजेसम्म माथिल्लो बोहोरेटार, तामलिङ, नेपालथोकमा, २८ गते बिहान ७ बजेबाट ११ बजेसम्म खहरे, कालिमाटि, आपँघारीमा र बिहान ११ बजेदेखि २ बजेसम्म लक्ष्मीडाडाँ,साधिडाँडा, सिमलचौरमा बाख्रामा लाग्ने महामारी जन्य पिपिआर रोगको भ्याक्सिन लगाउँने कार्यक्रमम संचालन हुने भएकाले आफुले पालेको बाख्रालाई खोप केन्द्रमा ल्याई निशुल्क खोप लगाउँनु हुन सुनकोसी गाउँपाकिला पशु सेवा शाखाले सबै पशुपालक कृषकलाई आग्रह गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...