Thursday, June 8, 2023

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।

अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...