Thursday, June 8, 2023

काठमाण्डौमा जोर–बिजोरको नियम हट्यो

काठमाण्डौ – कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाण्डौ उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर(बिजोर प्रणाली हटेको छ ।

हिजो बसेको काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोर(बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोर(बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोर(बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।

यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।

कोभिड तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...