Monday, June 5, 2023

हिउँमा फसेकालाई खानेकुरा छोडेर फर्कियो सेनाको हेलिकप्टर

जुम्ला – जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । हिउँमा ३६ जना मानिस फसेका सेनाले जनाएको छ ।

कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हो ।

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो । उहाँका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो ।

स्थानीयवासी सुरतबहादुर शाहीसहितको टोली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएको थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले हिउँमा फसेकाहरू सुरक्षित रहेको र उनीहरूको उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेको उहाँले जानकारी दिनुभयो ।

हिउँमा फसेकाहरू सेतक चिनी ९खिरौँला० कोर्न पाटन गएका थिए । त्यही क्रममा हिउँ परेपछि उनीहरू फसेका थिए ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...