Monday, June 5, 2023

फिक्कल गाउँपालिकामा प्रशासकीय भवनको शिलन्यास , नवनिर्मित भवनको उद्धाटन

सिन्धुलीको फिक्कल गाउँपालिकामा गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास तथा नवनिर्मित भवनको उद्धाटन गरिएको छ ।

गाउँपालिकाको अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षता र सिन्धुली जिल्ला क्षेत्र नं. १ का पुर्ब संघीयमामिला तथा सामान्य प्रशासन मन्त्री संघीय गणेश कुमार पहाडीको प्रमुख आतिथ्यतामा बुधबार गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास तथा नवनिर्मित भवनको उद्धाटन गरिएको हो ।
संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४ँ० प्रतिशत गरि जम्मा ५ करोड ८९ लाख लागतमा निमार्ण हुन लागेको गाउँपालिकाका प्रशासनिक भबन ३७ कोठाको हुने छ ।


गाउँपालिकाको प्रशासनिक भबन १८ महिनामा बनाईसक्ने लक्ष्य रहेको फिक्कल गाउँपालिकाका सुचना प्रबिधि अधिकृत दिनेश भण्डारीले जानकारी दिनु भयो ।


कार्यक्रममा फिक्कल गाउँपालिकाको. उपाध्यक्ष पार्वती सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, राजनैतिक दलका प्रतिनिधिहरु, बुद्दिजिवि, जग्गा दाता, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...