Monday, December 4, 2023

जाडो भगाउन न्यानो कपडासँगै तातो झोलिलो सुप र तेल मसाज

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

जाडो बेलामा शरीरमा बढी ऊर्जाको जरुरत पर्छ । त्यसकारण यस्तो बेलामा बढी ऊर्जा दिने खानेकुरा खाने गर्नुपर्छ । 

ऊर्जायुक्त खानेकुरामा ठाउँ हेरेर त्यसको व्यवस्था गर्न सकिन्छ । जस्तै तराईमा गहुँ, चामल तथा दाल, तरकारी खानुपर्छ । हामीले जाडोमा विशेष गरी तातो खानेकुरा खाने गर्नुपर्छ । 

हामीले जाडोमा जे खाए पनि विशेष गरी बच्चाहरु र बुढाबुढीहरुलाई जाडोले शरीरको तापक्रम कम भइसकेपछि निमोनिया हुनसक्ने हुनाले तातो खानेकुरा र लुगा पनि न्यानो, तातो आउने खालको लगाउने गर्नुपर्छ।

तराईमा शीतलहरले मान्छेको ज्यान जाने नभइ व्यवस्थापन गर्न नसक्दा मान्छेको ज्यान जाने हाे । त्यसकारण भान्सामा भएका तातो खानेकुरा खाने र वृद्ध र बालबालिकालाई न्यानो लुगा लगाइदिने कुरामा विशेष ध्यान दिनुपर्छ ।

टाउको र खुट्टाबाट चिसो चाँडो छिर्ने हुनाले हाम्रो हजुरबा, हजुरआमाले पहिलेदेखि नै टाउको र खुट्टा तातो बनाउनु पर्छ भन्ने गर्नुभएको हो । त्यसकारण टाउको र खुट्टालाई चिसोबाट राम्रोसँग जोगाउनु पर्छ । 

बालबालिकालाई विशेष गरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ‘सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ । यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा खाने गर्नुपर्छ । जुन सजिलै घरमै उपलब्ध हुने र पैसा धेरै खर्च नहुने पनि हुन्छ । 

अर्को कुरा जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्याँस बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा आगोबाट निस्किएको कार्बनमोनोअक्साइडका कारण निधन पनि हुने गरेको छ । त्यसकारण यस्ता कुरामा सजग रहेर कोठामा हावा जाने ठाउँ राखेर मात्र आगो बाल्नुपर्छ । 

हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ । त्यसमा के के हालिएको छ पनि हामीलाई थाहा हुँदैन । गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ यसको दाल बनाएर खाँदा हाम्रो खर्च पनि धेरै नहुने र जाडोमा धेरै नै फाइदा हुन्छ । 

हामीले पहिलेदेखि हेपेर जात फाल्नु गहतको झोलमा भनेर गहतलाई निकृष्ट खानेकुरा बनाएका छौँ। तर, गहतलाई पिसेर सुप बनाएर खान सकिन्छ, विभिन्न दालमा मिलाएर पनि खान सकिन्छ । जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ । गहतलाई त्यसकारण पनि हामी विशेष खानेकुरा अर्थात सुपर फुड पनि भन्ने गर्छौँ । 

गुन्द्रुक, भटमास तथा आलु उमालेर भात, ढिँडो तथा रोटीसँग खाँदा शरीरमा ऊर्जा दिने, सुक्ष्म पोषकत्त्व दिने तथा स्वादिलो पनि हुन्छ । 

हामीले बजारका चाउचाउ तथा अन्य सुप खाँदा त्यसमा पैसा बढी खर्च हुने गर्छ । पैसा खर्च गरे पनि त्यसले शरीरमा ऊर्जा तथा पोषक तत्त्व भने दिने काम गर्दैन । बरु अन्य विभिन्न रासायनिक पदार्थ शरीरमा हालेर रोग लगाउने काम गर्छ । 

यसकारण पनि अहिले जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दूध, कागती र मह हालेको चिया, दही, अमिलो मोही छ भने त्यसमा बेसन हालेर कडीको सुप बनाएर खान सकिन्छ । हामीसँग सहजै सस्तो रुपमा उपलब्ध हुने यति धेरै खानेकुरा छन् जुन बालबालिका,  वृद्धवृद्धा तथा अन्य आवश्यक पर्ने मान्छेलाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ । 

हामीसँग यति धेरै खानेकुरा छन् भन्दैमा गरिबसँग नहुन सक्छ त्यस्तालाई स्थानीय सरकारले व्यवस्था गर्ने गर्नुपर्छ । तराईमा आगो ताप्नका लागि दाउरा दिने, घुर बाल्ने व्यवस्था गर्ने, न्यानो कपडाहरु दिने गर्नुपर्छ । यस्तो व्यवस्था जाडो हुनु अगावै गर्नुपर्छ नत्र अहिले जस्तो पानी परेपछि दिन्छु भन्दा चिसोले वृद्ध तथा बालबालिका बिरामी हुने तथा मृत्यु नै हुने पनि हुन्छ । 

पुष, माघमा चिसो हुन्छ भन्ने हाम्रा स्थानीय सरकारलाई थाहा छ । तराईमा शीतलहर हुन्छ भन्ने थाहा छ । शीतलहरले मान्छे मर्ने होइन गरिबीले मर्ने हो । 

गरिबका लागि आय आर्जनको लामो कार्यक्रम होला तर, तत्कालका लागि चाहिने अत्यावश्यक वस्तुको व्यवस्थामा भने स्थानीय सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ । 

यो चिसोमा महिलाहरुले आफूले मात्र काम गर्ने होइन घरका पुरुषहरुलाई पनि काम गर्न लगाउनु पर्छ । केटा मान्छे भने आगो तापेर बस्ने अनि महिलाले भने काम गर्ने गर्न थाल्यो भने महिला बिरामी पर्न सक्छन् । 

घरका आमा, श्रीमती, महिला दिदी–बहिनी बिरामी नपरुन् भन्नका लागि पनि पुरुषले घरमा भाँडा माझ्ने, तरकारी किनेर ल्याउने, केलाउने आदि गरेर सघाउन सक्छन् । बालबालिकालाई खाना खुवाइदिने, स्याहारसुसार गर्ने काममा सघाउँदा महिलाको काम आधा हुनजान्छ जसले महिलाको स्वास्थ्य पनि सुरक्षित हुनजान्छ । 

सिमेन्ट लगाएको भान्सामा कतिपय महिलाले जुत्ता नलगाइ काम गर्दा खुट्टाबाट चिसो पसेर बिरामी हुनसक्छन् । त्यसैले भान्सामा लगाउने जुत्ता लगाउने गर्नुपर्छ । अनि चिसोले हातखुट्टा फुट्ने हुँदा घरमा उपलब्ध भएका तोरीको तेल, घ्यू, दूधको तर लगाएर पनि चिसोबाट बचाउन सकिन्छ । 

बच्चाहरुको पनि हातखुट्टा तथा गाला, ओठ फुट्दा महँगो क्रिम नभएर घरमा भएको चिल्लो पदार्थ लगाउने गर्नुपर्छ । 

हामीले वृद्धवृद्धा तथा बालबालिकालाई जाडोमा जोगाउनका लागि विशेष गरी तातो, न्यानो कपडा पनि लगाइदिने गर्नुपर्छ । किनकि उनीहरुको शरीरको तापक्रम चिसोले चाँडै घट्ने हुन्छ । 

बच्चाहरुलाई राति सुत्दा तातो तेल लगाइदिने अनि वृद्धहरुलाई हट वाटर ब्यागमा पानी राखेर ओच्छ्यानमा राखिदिने । गाउँ घरमा हट वाटर ब्याग छैन भने ढुङ्गालाई आगोमा तताएर त्यसलाई कपडामा राम्रोसँग बेरेर राख्नुपर्छ । ढुङ्गामात्रै राख्दा शरीर पोल्ने तथा ओच्छ्यानमा राख्दा पनि प्वाल पर्ने हुनसक्छ । 

दाल, दूध, आलु, हरियो सागसब्जी जेसुकैको पनि तातो झोलिलो सुप अनि खानामा पनि तातो रोटी, भात खाँदा त्यसले शरीरलाई भित्रबाट न्यानो बनाउने मात्र नभइ रोगसँग लड्ने क्षमता पनि दिन्छ । 

जाडोमा विशेष गरी छाती, टाउको तथा खुट्टालाई चिसोबाट जोगाउनु पर्छ । जसका लागि न्यानो लुगाहरु लगाउने गर्नुपर्छ । न्यानोका लागि महँगा लुगा नै चाहिन्छ भन्ने छैन फलाटिन, सुती आदिका बाक्ला कपडा लगाउन सकिन्छ ।

सुत्केरी तथा भर्खर जन्मेका बालबालिकाका लागि पानी परेको यो मौसममा मकलमा आगो बालेर घर भित्रै सेक्न, तेल लगाउन सकिन्छ । 

आगो बाल्ने अवस्था छैन भने तोरीको अथवा नरिवलको तेल तातो बनाएर बच्चाहरुलाई लगाइ दिन सकिन्छ । सेक्ने बेलामा भने कोठामा चिसो हावा आउन नदिने तथा सेकिसकेपछि भने थोरै हावा आउने गरी झ्याल ढोकामा प्वाल राख्ने अथवा थोरै खोल्ने गर्नुपर्छ । 

वृद्धवृद्धालाई पनि जाडोमा तोरीको तेल तातो बनाएर मसाज गर्न सकिन्छ । तोरीको तेलले नेपालीलाई एलर्जी हुन्छ भन्ने चाहिँ होइन । एकलाखमा एक जना हुनसक्ला त्यस्तो अवस्थामा अरु चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । 

तोरीको तेलले हातखुट्टा मसाज गर्दा त्यसले रक्त सञ्चार राम्रोसँग हुन्छ । जसले ऊर्जाका साथै न्यानो पनि हुने गर्छ । सुतीको टोपी तथा मोजा लगाइदिँदा पनि त्यसले चिसोबाट जोगाउन धेरै नै मद्दत गर्छ । 

सुत्केरी तथा गर्भवतीका लागि हामीकहाँ पहिलेदेखि नै विशेष खानपानको व्यवस्था गर्ने गरिन्छ । सुत्केरीका लागि त ३/४ पटक भात नै खान दिने गरिन्छ । तर, भात धेरै हुँदा मोटोपन बढ्ने हुँदा विभिन्न सुप, हलुवा आदि दिन सकिन्छ । तर, सुदूरपश्चिम तिर भने सुत्केरी महिलालाई हिउँ परेको बेलामा पनि छाउगोठमा अथवा गाइगोठमा राख्ने गरिन्छ । यस्तो बेलामा आमा तथा बच्चा समेत बिरामी हुनसक्ने हुन्छ । 

यस्ता कुसंस्कारलाई भने हटाउनु पर्छ । जहाँ सुत्केरीहरु हुन्छन् त्यहाँ भने तातो बनाएर राख्नुपर्छ । सफा पनि राख्नुपर्छ । तर, हावा नखेल्ने भने हुनुहुँदैन ।

सुत्केरीलाई तेल लगाउने हाम्रो चलन छँदैछ । तेल लगाउँदा शरीरमा आराम हुनुका साथै ऊर्जा प्रवाह पनि राम्रो हुने गर्छ । रक्त सञ्चार राम्रोसँग हुने गर्छ 

रक्त सञ्चार राम्रो हुँदा आमाको दूध पनि राम्रोसँग आउँछ । जसले गर्दा बच्चालाई राम्रोसँग दूध खुवाउन सकिन्छ । आमाको दूध बच्चाको लागि सबैभन्दा राम्रो पोषण हो । आमाको दूधमा रोगसँग लड्न सक्ने क्षमता पनि भरपूर हुन्छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...