Thursday, June 8, 2023

झन्डै २६ सय निमावि शिक्षकका लागि विज्ञापन खुल्यो, अनलाइनमार्फत पनि आवेदन दिन सकिने

काठमाण्डौ – शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।

इच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...