Thursday, June 8, 2023

बैकिङ कसुर मुद्धाको फरार प्रतीबादी पक्राउ

इलाका प्रहरी कार्यालय कपिलाकोटले बैकिङ कसुर मुद्धाको फरार प्रतीबादी पक्राउ गरेको छ । बैकिङ कसुर मुद्धाको फरार प्रतीबादी हरी बहादुर बिश्वकर्मालाई पक्राउ परेको हो ।


प्रहरीले मंसिर २५ गते हरीहरपुरगढी गाउँपालिका ३ का ४२ बर्षका हरी बहादुर बिश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुले जनाएको छ ।

बैकिङ कसुर मुद्धामा संलग्न भई उच्च अदालत पाटन ललितपुरबाट २०७७ चैत्र १७ गतेको फैसलाले १५ लाख ४१ हजार ६ सय जरिवाना भई फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा बनौली भन्ने स्थानबाट पक्राउ गरेको हो । हरी बहादुरलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिन्धुलीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...