Thursday, June 8, 2023

काठ सहित ट्याक्टर र मानिस नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीले काठ सहित ट्याक्टर र दुई जनालाई नियन्त्रणमा लिएको छ । सुनकोशी गाउँपालिका ६ खाल्टे पुल स्थित वि.पि राजमार्गमा निगुली खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
ना ५ त १०९६ नम्वरको ट्याक्टर सहित टट्रयाक्टर चालक सुनकोशी गाउँपालिका ६ का २३ बर्षका मेघ बहादुर अछामी र ट्रयाक्टर धनी ४० बर्षिय ज्ञानेन्द्र के.सि. लाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ट्रयाक्टरमा खयर, आँप र पिपल जातको ३१ थान गोलीया काठ गरि ६२.४६ क्यु फिट काठ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आबश्यक कारबाहीको लागी सब डिभिजन बन कार्यालय सुनकोशीमा बुझाईएको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...