कमलामाई नगरपालिकामा व्यायाम गर्नको लागि आधुनिक खुल्ला क्षेत्र ब्यायामशाला निर्माण गरिने भएको छ ।
कमलामाई नगरपालिकाको वातावरण शाखा अन्तरगत खुल्ला क्षेत्र ब्यायामशाला निर्माण गर्न लागिएको कमलामाई नगरपालिकाका प्रशासन प्रमुख सागर कुमार ढकालले बताउनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिका ६ माडीबजार र वडा नम्बर ५ भिमान बजारमा व्यायामशाला निर्माण गरिने भएको हो ।
जस्को लागि नगरपालिकाबाट १५ लाख बजेट बिनियोजित गरिएको र यहि आर्थिक वर्ष भित्र निमार्ण भईसक्ने प्रशासन प्रमुख ढकालले बताउनुभयो ।
निर्माण हुने व्यायामशाला आधुनिक तवरको निमार्ण हुने र सम्पुर्ण नगरबासीहरुले निशुल्क व्यायाम गर्न पाईने छ ।
अहिलेको समय व्यायामको समय भएको र व्यायाम गर्न उचित स्थान नभएकाले व्यायामशाला निर्माणको योजना बनाई निर्माण कार्य सुरु गर्न लागिएको प्रमुख ढकालले बताउनुभयो ।
उहाँका अनुसार अब निमार्ण हुने आधुनिक खुल्ला ब्यायामशालामा एक पटकमा २१ जनाले ब्यायाम गर्न सकिनेछ ।