Thursday, June 8, 2023

विकास निर्माणको काम मेशिन ब्यवसायीलाई थाहै नदिई दररेट कायम गरेकोमा आपत्ति

तीनपाटन गाउँपालिकाले गाउँ परिषदबाट ०७८ – ०७९ मा विकास निर्माणको सम्पूर्ण काम मेशिन ब्यवसायीलाई थाहै नदिई दररेट कायम गरेकोमा आपत्ति जनाएको छ ।


गाउँपालिकाले बर्सेनि परिषद र कार्यपालिकाबाट विकास निर्माणको कामको दररेट र भाडादर कायम गर्दा ब्यवसायीहरु संग छलफल नगरि दररेट र भाडादर कायम गर्दा ब्यवसायीहरु समस्यामा परेका छन् ।
शुक्रबार चकमकेमा बसेको मेशिन ब्यवसायीहरुको छलफलले यस वर्ष कायम भएको दररेट र भाडादर आफुहरुलाई चिक्त नबुझेको बताएका छन् ।


पाँच हजार प्लस भ्याट स्काभेटर र दुई हजार पाँच सय प्लस भ्याट ब्याकोलोडर कायम नभएसम्म ११ वटै वडाको विकास निर्माणको कामहरु ठप्प पार्ने निर्णय शुक्रबार बसेको मेशिन ब्यवसायीहरुको भेलाले निर्णय गरेको छ ।


सम्बन्धीत निकायले छिटै निकास निकाली विकास निर्माणको काममा सहयोग गरिदिन पनि ब्यवसायीहरुले आग्रह गरेका छन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...