Monday, June 5, 2023

वाइसीएल कमलामाई नगर सम्मेलन सम्पन्न, बम्जनको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति गठन

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल) नेपाल सिन्धुलीको कमलामाई नगर सम्मेलन सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

वाइसीएल कमलामाई नगरपालिका अध्यक्ष किरणराज लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा विभिन्न संगठन परित्याग गरि एक सय पचास भन्दा बढी युवाहरू वाइसीएलमा प्रवेश गरेका छन् । नव प्रवेशी युवाहरूलाई पार्टीका इन्चार्ज दाहाल, जिल्ला संयोजक राम कुमार पौडेल लगाएतले अबिर र खादा लगाएर संगठनमा स्वागत गर्नुभएको थियो ।

यस्तै, योङ्ग कम्युनिस्ट लीग नेपाल (वाईसिएल) कमलामाई नगर सम्मेलनमा ४३ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । जस्मा अध्यक्षमा विर्ख बहादुर बम्जन, उपाध्यक्षमा पवन रोका, प्रेम बहादुर श्रेष्ठ, सचिवमा सुबास थापा, सहसचिवमा ध्रुव ढकाल, संन्जिव बिसुन्खे, कोषाध्यक्षमा नम्रता पौडेल लगाएत ४३ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका संयोजक रामकुमार पौडेल, जिल्ला नेता तथा स्कुल बिभाग प्रमुख ज्वाला न्यौपाने, जिल्ला नेताहरु अशोक पुलामी, प्रख्यात मुक्तान, बसन्त भट्टराई, यमकुमार देबकोटा, वाइसीएल केन्द्रिय सदस्य सिन्धुलीका ईन्चार्ज राजकुमार श्रेष्ठ, संगठन प्रमुख गणेश रत्न, वाईसीएल जिल्ला अध्यक्ष अविरल मगर, विद्यार्थी फ्याक्सन ईन्चार्ज हेम कार्की, कमलमाई नगर ईन्चार्ज बिश्वज्योती थापा, अखिल क्रान्तिकारी सिन्धुलीका अध्यक्ष भानुभक्त श्रेष्ठ लागाएतको सहभागिता रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...