सिन्धुलीमा अवैध रुपमा ल्याउँदै गरेको गाइगोरु प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गाइगोरु ल्याउने व्यक्ति सहित गाडि समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको दुधौली नगरपालिका ८ खोरभन्ज्याङमा प्रहरी चौकी दुधौलीबाट खटिएको ट्राफिक प्रहरी सहितको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने उदयपुरबाट धनुषा तर्फ जादै गरेको प्र। २०३–००१ ख। ३००१ नं। को मिनिट्रकमा भेटेनरी जाँचपास नभएको ५ ओटा गोरु १५ ओटा गाई सहित व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
उक्त मिनिट्रक सहित चालक सिन्धुलीको कमलामाई नगरपालिका ४ रानिखोलाका ३४ वर्षिय हित बहादुर कार्की र गोरुवाला महोत्तरी गौशला नगरपािलका ६ का २० वर्षिय गुलियार लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको मिनिट्रक सहित गाइगोरु साथै व्यक्तिलाई आवश्यक कारबाहिका लागि जिल्ला पशु कार्यालय सिन्धुलिमा बुझाईएको उहाँले बताउनुभयो ।