Tuesday, December 5, 2023

उँ शान्ति हेल्थ केयर हस्पिटलमा ६ महिने बालकको मृत्यु, डाक्टर फरार

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

भिमस्थानः तीनपाटन गाउँपालिका वडा नं। २ स्थित ओम शान्ति हेल्थ केयर अस्पतालको लापरवाहीका कारण ७ महिने वालकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि अस्पतालमा उपचारमा ल्याइएको ती वालकलाई अस्पतालका डाक्टरले अन्त कहि लैजानु पर्दैन यही ठिक हुन्छ भन्दै लापरवाहीपूर्ण उपचार गरिरहँदा ती वालकको ज्यान गएको हो ।

अस्पतालबाट डिस्चार्ज गरिएका वालकको १० दिनपछि देब्रे पैताला पाकेपछि परिवारका सदस्यले फेरी अस्पताल ल्याएका थिए । मृतकाका मामा र आफन्तजनले यहाँ ठिक हुँदैन भने हामी अन्त लैजान्छौं भने, तर डाक्टरले तपाईहरु डराउनु पर्दैन, यो यहीं ठिक हुन्छ, पछि छोराको गोडामा अलिअलि दाग मात्रै रहन्छ अन्त लैजानैं पर्दैन भने । त्यसपछि अस्पतालमैं पुन भर्ना गरियो । १६ गते मृतकलाई घाउ सुकाउन भन्दै डाक्टरले इन्जेक्सन लगाए । मृतककी आमा मञ्जु भन्छिन्ः छोरालाई डाक्टरले इन्जेक्सन लगाएपछि तत्कालै बेहोस् भएको छोरोले आँखै खोलेन । छोरो कहिले बोल्छ भनेर डाक्टरलाई पटक पटक सोध्दा एक घण्टापछि, दुई घण्टापछि भनिरहे । राती ८ बजे फेरी डाक्टरलाई सोधें, १० बजे होस खुल्छ भन्यो । उनले आँखाबाट आँशु खसाल्दै भनिन् ।

१६ गते बिहान ४ बजेसम्म होस नखुलेपछि मृतकका मामा अस्पताल सञ्चालक भुवन कटुवाललाई वोलाएपछि मात्रै उनले तपाईको छोरालाई काठमाडौ लैजानुस् भन्यो । उनैले अक्सिजन लगाईदिए । १७ गते पाटन अस्पताल लगेको ५ मिनेटमैं डाक्टरले तपाईको बच्चा मरिसकेको छ लैजानुस् भनेपछि सोही अस्पतालमा पोष्ट मार्टम गरेका थिए । पोष्ट मार्टम रिपोर्टमा औषधीको डोज बढी भएकाकारण वालकको मृत्यु भएको भनेपछि आक्रोसित भएका आफन्तजनले अस्पताल सञ्चाल भुवनलाई नियन्त्रणमा लिएका थिएभने तीनपाटन २ चौतारामा रहेको अस्पतालका डाक्टर फरार भएका थिए ।

अस्पतालका भुवनलाई तत्कालै छोड्नुस् नत्र मुद्धा लाग्छ भन्दै इलाका प्रहरी कार्याय बेलघारीका सई अरुण झा र तीनपाटन गाउँपालिका अध्यक्ष कर्णवहादुर मगरले फोन गरेको आफन्तजनले बताएका थिए । प्रहरी र अध्यक्षको दबाबपछि स्थानीयले भुवनलाई छोडेका थिए । अहिले भुवन पनि फरारछन् ।
यसैबीच उक्त लापरवाहीपूर्ण घटनालाई ढाकछोप गर्न स्थानीय प्रहरी प्रशासन र राजनैतिक दलका नेताहरुको सक्रियता बढेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles