Thursday, June 8, 2023

सिन्धुलीमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमितको संख्या शुन्य

सिन्धुलीमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्म जिल्लामा ३ हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जस्मा २ हजार ९ सय ६० जना कोेरोना संक्रमणमुक्त भईसकेको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १ जनामा गरिएको स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै संक्रमितकोे संख्या शुन्य भएको हो । यस्तै हाल होम आईसोलेसनमा १ सय २१ जना र संस्थागत आईसोलेसनमा ६ जना गरि १ सय २७ जना उपचाररत रहेका छन् भने ४४ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...