सिन्धुलीका चार पालिकामा कोरोना संक्रमितको संख्या सुन्यमा झरेकोे छ । जिल्लाका नौ पालिका मध्य चार पालिकामा कोरोना संक्रमितको संख्या सुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । फिक्कल गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, सुनकोशी गाउँपालिका र हरिहरपुगढी गाउँपालिकामा संक्रमितको संख्या सुन्यमा झरेको हो । फिक्कल गाउँपालिकामा ३ सय ५३ जनामा दोस्रो लहरको कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि भएका ३ सय ५३ मध्य ५ जनाको मृत्यु भएको छ भने बाकीँ ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
सुनकोशी गाउँपालिकामा २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको कारण गाउँपालिकामा हाल सम्म कसैको मृत्यु भएको छैन । संक्रमण पुष्टि हुने २ सय ३९ जना नै कोरोना संक्रमण मुक्त भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै, घ्याङ्लेख गाउँपालिकामा २ सय ७ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको थियो । घ्याङ्लेख गाउँपालिकामा हाल सम्म कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमण पुष्टि भएका २ सय ७ जनाले नै कोरोना जितिसकेका छन् ।
यस्तै हरिहरपुरगढी गाउँपालिकामा हाल सम्म ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ३३ जना मध्य २ जनाको मृत्यु भएको छ भने बाकीँ ३१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै, जिल्लाको कमलामाई नगरपालिकामा सबै भन्दा वढी संक्रमित उपचारत रहेका छन् । नगरपालिकामा ९५ जना कोरोना संक्रमित उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । नगरपालिकामा कोरोना संक्रमणको कारण २० जनाले ज्यान गुमाएका छन् । ७ सय ८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् ।
यस्तै दुधौली नगरपालिकामा ७ जना संक्रिय सक्रमित उपचारत रहेका छन् । नरपालिकामा हाल सम्म ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने २ सय १३ जना संक्रमण मुक्त भइसकेका छन् । तिनपाटन गाउँपालिकामा ८ जना कोरोना संक्रमित उचाररत रहेका छन् । गाउँपालिकामा हाल सम्म २ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ति मध्य २ जनाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिकामा ८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । गोलन्जोर गाउँपालिकामा हाल सम्म ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्य २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने, २ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै मरिण गाउँपालिकामा ३ जना संक्रमित उपचाररत रहेका छन् । मरिण गाउँपालिकामा हाल सम्म ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्य ४ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने, ५ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
यसैबिच, सिन्धुलीमा आज २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १२ जनामा गरिएको स्वाव परिक्षणमा १ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आज थपिए संगै जिल्लामा हाल सम्ममा ३ हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै हाल होम आईसोलेसनमा १ सय २१ जना र संस्थागत आईसोलेसनमा ६ जना गरि १ सय २७ जना उपचाररत रहेका छन् । यस्तै हाल सम्म २ हजार ९ सय ६० जना कोेरोना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।