Monday, June 5, 2023

सिन्धुलीमा भोली देखि कक्षा १२ को परिक्षामा दिने विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

सिन्धुलीमा भोली देखि कक्षा १२ को परिक्षा दिने विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । कक्षा १२ को विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । भोली देखि विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेकाको खोप लगाइने भएको हो । साथै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएका दोस्रो मात्रा लगाउन छुट भएका सबै नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाइने व्यवस्था मिलाएको स्वास्थ्य कार्यलय सिन्धुलीले जानकारी दिएको छ । कक्षा १२ को परिक्षा दिने सम्पूर्ण विद्यार्थी तथा कोभिसिल्डको पहिलो मात्रा लगाएका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा खोप लगाउन स्वास्थ्य कार्यलय सिन्धुलीले आग्रह गरेको छ ।

सिन्धुलीमा हाल सम्म ५ हजार ७ सय जनाले कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेकाको खोप लगाइसकेका छन् भने, १२ हजार ५ सय २९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । यस्तै ११ हजार ६ सय २४ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका छन् भने, २ हजार ३ सय ६१ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाएका छन् ।

यस्तै, जिल्लामा १८ हजार २ सय २ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् भने, १५ हजार ३ सय १८ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...