Monday, June 5, 2023

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ बागमती प्रदेश कमिटि जिल्ला शाखा सिन्धुलीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न केहि हद सम्म सहयोग हुने हेतुले आज एक औपचारिक कार्यक्रम मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष धनबहादुर कार्कीले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई २० लिटर स्यानिटाईजर र एक हजार थान मास्क हस्तान्तरण गरेको हो ।
नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुन्दर तामाङको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेश्नरी व्यवसायी महासंघ बागमती प्रदेश कमिटि जिल्ला शाखा सिन्धुलीका कार्यलयका कर्मचारी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...