Thursday, June 8, 2023

सफल युवा समुहको प्रथम साधारण सभा आज सिन्धुलीमाढिमा सम्पन्न

सिन्धुली – सफल युवा समुहको प्रथम साधारण सभा आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । साधारण सभामा समुहको कोषाध्यक्ष श्याम बुढाथोकीले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि ऋण उपसमितिका सम्योजक श्रवण कुमार नेवा खड्गीले हाल सम्म समुहबाट प्रवाह भएको ऋण विवरण सदस्यहरु माझ प्रस्तुत गनुभएको थियो ।


बचत गर्ने बानीको विकास गर्न र थोरै ब्याजदरमा सहजै ऋण प्रवाह गर्न गठन भएको सफल समुहमा हाल सम्म ३१ जना सदस्यहरु रहेका छन् ।
हाल समुहमा छ लाख बयासी हजार निक्षेप बचतर रहेको छ भने सदस्यहरुमा ऋण लगानी छ लाख पचहत्तर हजार रहेको छ । प्रथम बार्षिक साधारण सभा सम्म आईपुग्दा समुहले रु. त्रीसठि हजार सात सय छयान्नबे रुपैँया नाफा कमाउन सफल भएको छ । सफल समुहमा हाल मासिक रुपमा दुईहजार प्रत्यक सदस्यले नियमित बचत गर्दै आईरहेको समुहका अध्यक्ष जि.वि. श्रेष्ठले जानकारी दिनुभयो । प्रथम बार्षिक साधारण सभाको सन्चालन समुहका सचिब रोशन सुनुवारले गर्नुभएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...