Thursday, June 8, 2023

सिन्धुलीमा हालसम्म ४८ हजार भन्दा बढीले कोरोना भाईरस विरुद्धको खोप लगाए

सिन्धुलीमा ४८ हजार भन्दा वढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार हालसम्म ४८ हजार ५३ जनाले कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप लगाईएको हो । हालसम्म ११ हजार ६ सय २४ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका छन् भने २ हजार ३ सय ६१ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् ।

यस्तै, १८ हजार २ सय २ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने १५ हजार ३ सय १८ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । जिल्लामा हालसम्म ५ हजार ६ सय ८९ जनाले एस्ट्राजेनेका खोप लगाएका छन् । यस्तै १२ हजार ५ सय २९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

अहिले पनि जिल्लामा पहिला लगाउन छुटेकाहरु तथा प्राथमिकताको आधारमा कोरोना भाईरस विरुद्धको खोप दिईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले जिल्लाका विभिन्न नागरिकहरुलाई भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोप लगाईरहेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...