Thursday, June 8, 2023

लागु औषद मुद्धामा फरार रहेको प्रतिवादी पक्राउ, कैद भुक्तानको लागि आजै कारागार कार्यालय सिन्धुलीमा पठाईयो

सिन्धुली – लागु औषधका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ६ गैरीबजार बस्ने २२ वर्षीय मदन कार्कीलाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

कार्कीलाई लागु औषध नाईट्राभेट मुद्धामा जिल्ला अदालत सिन्धुलीको लगत नम्बर १५०१ को फैसला अनुसार दुई महिना कैद ठहर भएको थियो । फैसलाको कार्यान्वयन नगरी कार्की फरार रहेकोमा खोजतलास गर्ने क्रममा आज कमलामाई नगरपालिका ६ मा फेला पारि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रवक्ता लामाले बताउनुभयो । उहाँका अनुसार उक्त प्रतिवादीलाई जिल्ला अदालतले तोकिए बमोजिमको कैद भुक्तानको लागि आजै कारागार कार्यालय सिन्धुलीमा पठाईएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...