Monday, June 5, 2023

ह्याण्ड्स नेपाल सिन्धुलीको पालिका स्तरिय समीक्षा तथा समन्वय बैठक सम्पन्न

ह्याण्ड्स नेपाल सिन्धुलीको बालबालिकाको सपना परियोजना र कोभिड प्रतिकार्य परियोजनाको पालिका स्तरिय समीक्षा तथा समन्वय बैठक आज सम्पन्न भएको छ ।

बैठकमा गत आर्थिक वर्ष २०७७-०७८ मा कमलामाइ नगरपालिका वडा नम्बर १३ र १४ मा सन्चालन भएको बालबालिकाको सपना परियोजनाको समिक्षा गरिएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा बालबाकिकाको सपना परीयोजना र कोभिड प्रतिकार्य परियोजनामा भएका कृयाकलापहरु प्रस्तुत गरिएको थियो ।

ह्याण्ड्स नेपाल सिन्धुलीको आज बसेको बैठकबाट बालबालिकाको सपना परियोजनाको लागि पालिका स्तरिय दिसानिर्देशन समिति गठन गरिएको छ । बालबालिकाको सपना परियोजना अन्तर्गत भएका कार्य हरुको अवलोन अर्थात के कस्ता कार्यहरु भए भन्ने बारे जानकारी आज गठित समितिले गर्ने गरि समिति गठन गरिएको ह्याण्ड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

कमलामाइ नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रिको संयोजकमा ११ सदस्य समिति गठन गरिएको हो । कमलामाइ नगरपालिका प्रमुख खड्ग बहादुर खत्रिको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...