Thursday, June 8, 2023

मरिण गाउँपालिकाले ग¥यो विपद व्यवस्थापन कोष तर्फको ३० लाख रुपैयाँ खर्च

मरिण गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ३० लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा विपद व्यवस्थापनमा ३० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा जग्गा संरक्षण गरे बापतको ८२ हजार खर्च गरेको छ । बाढी, पहिरो पिडित तथा आगोलागि पिडितको लागि आर्थिक सहयोग तर्फ १६ हजार र तारजाली खरिद तर्फ १९ लाख ९८ हजार ९ सय ८३ रुपैयाँ खर्च भएको गाउँपालिकाले बताएको छ ।

यस्तै खानेपानि तथा सिंचाईको लागि पाईप खरिद तर्फ ६ लाख ३ हजार १७ रुपैयाँ र सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्चि नगरपालिकालाई सहयोग तर्फ ३ लाख रुपैया गरि जम्मा ३० लाख खर्च भएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।

मरिण गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा विपद व्यवस्थापनको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजन भएको सबै रकम खर्च भएको गाउँपालिकाले जनाएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...