Thursday, June 8, 2023

सिन्धुली अस्पतालमा स्क्रब टाईफस जाच गर्ने किटको अभाव

सिन्धुली – सिन्धुली अस्पतालमा स्क्रब टाईफस जाच गर्ने किटको अभाव भएको छ । बर्खाको समयमा बढी संक्रमित हुने यस रोग स्क्रब टाईफस जाच्ने किटको अभाव भएको सिन्धुली अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष प्रलाद कुमार पोख्रेलले जानकारी दिनु भयो । सरकारले निसुल्क रुपमा उपलव्ध गराउनु पर्ने उक्त किट अहिले अस्पताललाई उपलब्ध गराउन नसक्दा अभाव भएको पोख्रेलले बताउनु भयो ।
पोख्रेलका अनुसार अस्पतालमा स्क्रब टाईफस बिरामीको चाप अत्यधिकमात्रामा बढीरहेको यस समयमा रोग जाच गर्ने किटको अभाव हुदा बिरामीहरु मर्कामा परेका छन् । बजारमा प्रसस्त रुपमा पाउने किट सरकारले उपलब्ध गराउन नसक्दा अहिले अस्पताल आफैले खरिद गरेर भएपनि काम चलाउदै आएको उहाको भनाई छ ।
स्क्रब टाइफस रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...