Monday, December 4, 2023

सिन्धुलीमा धानबालीमा ब्लास्ट रोगको संक्रमण देखियो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली जिल्लाका अधिकांश स्थानमा धान बालीमा लाग्ने ब्लास्ट रोगको संक्रमण देखा परेको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका तथा मरिण क्षेत्रमा यस्तो रोगको संक्रमण देखा परेको हो । धानको पातमा टीका पर्ने, खैरो, सेतो हुँदै जाने, अन्डा आकारको खैरो फैलँदै जानेजस्ता लक्षण देखा परेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख श्री कृष्ण अधिकारीले बताउनुभयो । यस्तो लक्षण देखिएको रोगलाई ब्लास्ट रोग भनिन्छ । रोगको संक्रमण भएको धानको बिरुवा केही समयपछि पात सुकेर मर्ने गरेको छ । धान बालीमा रोग देखा परेको किसानको गुनासो आएपछि अनुसन्धान गर्दा ब्लास्ट रोगको संक्रमण भएको पाइएको कमलामाई नगरपालिकाका कृषि प्राबिधिक देवि सापकोटाले जानकारी दिनु भयो ।

धेरै वर्षा भए वा धेरै चर्को घाम लाग्दा पनि यस्तो रोगको संक्रमण हुन सक्ने सापकोटाले बताउनुभयो । यस्तो रोगको संक्रमण भएमा धानको बोट नबढ्ने, सुक्ने हुँदै जान्छ । सावित्री जातको धानमा ब्लास्ट रोगको संक्रमण छिटो फैलिने उहाँले बताउनुभयो । “जिल्लामा अहिले अधिकाश ठाउँमा सावित्री धान लगाइएको छ ।” प्राविधिक सापकोटाले भन्नुभयो, “सावित्री धानमा यो रोग सँग लड्ने क्षमता हुदैँन र छिटै संक्रमण हुन्छ ।” पानी वढि भएको कारण यो रोग संक्रमण देखिएको उहाँले बताउनुभयो । रोग नियन्त्रणको लागि ट्राइसाइक्लाजोल र कासुगामाइसिन नामक विषादि प्रयोग गरिरहेको प्राविधिक सापकोटाले बताउनुभयो । ब्लास्ट रोगको संक्रमण देखापरेपछि धान बाली लगाउने कृषकहरु चिन्तित बनेका छन् ।

यस्तै, तिनपाटन गाउँपालिकाका किसानले पनि धानबालीमा रोग देखा परेको गुनासो गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अम्बिका आर्चयले गाउँपालिका क्षेत्र भित्रका अधिकाश स्थानमा लगाएको धानबालीमा ब्लास्ट रोग देखा परेको जानकारी दिनुभयो । रोग नियन्त्रणको लागि विषादि प्रयोग गरिएको उहाँले बताउनुभयो । अनुकूल वर्षा हुँदा समयमा धान बाली लगाइसकेका कृषक नियमित वर्षाबाट धानको राम्रो उत्पादन हुन्छ भन्नेमा आशमा थिए । रोग नियन्त्रणको लागि कृषि ज्ञान केन्द्रले प्राविधिक सल्लाह दिरहेको ज्ञान केन्द्रका निमित्त प्रमुख श्री कृष्ण अधिकारीले बताउनुभयो । किसान समयमै सजक भइ प्राविधिकको सल्लाह लिएर रोग नियन्त्रण गर्न प्रयास गरेमा रोगको संक्रमण नियन्त्रण हुने उहाँले बताउनुभयो । साथै उहाँले किसानलाई प्राविधिकको सल्लाह लिएर मात्र विषादि प्रयोग गर्न आग्रह गर्नुभयो । जिल्लामा १५ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यस वर्ष १५ हजार २ सय ६४ हेक्टरमा रोपाइ भएको छ । यो कुल धान खेती हुने क्षेत्रफलको ९६ प्रतिशत हो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles