Sunday, May 28, 2023

चैते धानप्रति किसानको आकर्षण, दोस्रोपटक धान भित्र्याउने चटारो

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

भजनी। कैलालीको भजनी नगरपालिका–३ की सीमादेवी डंगौरा धान भित्र्याउन खेतमा व्यस्त हुनुहुन्छ । उहाँ चैतमा लगाएको धान दोस्रो पटक भित्र्याउन व्यस्त देखिनुभएको हो ।

असारको पहिलो सातासम्म पहिलो पटक चैते धान भित्र्याएकी सीमादेवी मात्रै होइन, यतिखेर भजनीका किसान दोस्रो पटक चैते धान भित्र्याउन खेतमा व्यस्त देखिएको हुन् । बाढी र डुबानका कारण बर्खे धान रोप्नै छाडेका किसानको मुख्य स्रोत नै चैते धान बनेको छ । केही उच्चो ठाउँ भएका किसानले चैते धान भित्र्याएसँगै बर्खे धान रोपे पनि डुबानको जोखिम भएका क्षेत्रमा किसानले धान रोपेका थिएनन् ।

“हामीले एक बिघामा चैते धान रोपेका थियौँ । त्यसबाट करिब ४० क्विन्टल धान उत्पादन भएको थियो”, सीमाले भन्नुभयो, “बाँकी रहेका डाँठबाट फेरि धानको पालुवा आएसँगै अहिले पुनः दोस्रो पटक खेतमा धान पाकेको छ । त्यही धान भित्र्याउन लागेका हौँ ।” उहाँले तत्काल बाढी नआए लगाएको सबै धान भित्र्याउन सक्ने अवस्था भएमा २० देखि २५ क्विन्टल धान उत्पादन हुने बताउनुभएको छ ।

सोही ठाउँका चुनीराम डंगौराले एक बिघा १० कठ्ठामा चैते धान रोप्नुभएको थियो । पहिलो चरणमा करिब ७० क्विन्टल धान उत्पादन गर्न सफल भएका चुनीरामलाई त्यही खेतबाट पुनः धान भित्र्याउन हतारो छ । “मौसमले राम्रो साथ दिएको छ । उत्पादन भएको सबै धान भित्र्याउन सके अझै ३० देखि ३५ क्विन्टल धान उत्पादन हुन्छ होला”, चुनीरामले भन्नुभयो, “बर्खे धानभन्दा चैते धान कैयौँ गुणा उत्पादनका लागि राम्रो छ । हाम्रा आम्दानी र परिवार पाल्ने स्रोत नै चैते धान बनेको छ ।” उहाँले बाढी आउने क्षेत्रमा चैते धानको आकर्षण बढ्दै गएको भन्दै चैतमा धान रोपेका अधिकांश किसान दोस्रो पटक धान भित्र्याउन अहिले खेतमै देखिने गरेको बताउनुभयो ।

किसान छेदुलाल डंगौराले सात कठ्ठामा २० क्विन्टल धान फलाउन सफल भएको बताउँदै अहिले दोस्रो पटक पनि सोही खेतमा सात क्विन्टल धान फलेको बताउनुभयो । “उत्पादन राम्रो छ । तर बर्खे धानभन्दा चैते धानमा मेहेनत बढी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेमौसम भएका कारण भएर होला धानको उचित मूल्य भने पाइएको छैन ।” धानको मूल्य मनलाग्दी हुँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता रहेको छेदुलालको भनाइ छ । उहाँले बर्खे धानको सिजनमा सरकारले नै धानको न्यूनतम मूल्य निर्धारण गर्ने गरेको बताउँदै भजनी क्षेत्रमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएका कारण त्यसको मूल्य निर्धारण पनि गरिदिएको भए किसानलाई राहत मिल्ने बताउनुभयो ।

रबिना चौधरीले दोस्रो पटक पनि खेतमा औषधि र मलखाद हालेका कारण पहिला पटक जति नै चैते धान उत्पादन हुने बताउनुभयो । “हामीले धेरै त लगाएका छैनौँ । थोरै भए पनि बाहिरबाट हेर्दा पहिलो पटक नै भित्र्याउन लागिएको धानजस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “पहिलो पटक उत्पादन भएको धान घरको लागि राखेका छौँ । अब दोस्रो पटक उत्पादन हुने धान बिक्री गरेर अन्य घरायसी खर्चको जोहो गर्ने योजना छ ।”

गत वर्ष प्रतिक्विन्टल दुई हजार ७०० मा बिक्री गरेकामा यस वर्ष किसानले प्रतिक्विन्टल रु दुई हजारका दरले धान बेच्नुपरेको किसान रामकृष्ण डंगौराले बताउनुभयो । उहाँले विगत १० वर्षदेखि चैते धान खेती गर्दै आएको बताउँदै बाढीको समस्या नभएको वर्षमा तीन पटकसम्म धान भित्र्याइएको स्मरण गर्नुभयो । “पहिलो पटक असारमा, दोस्रो पटक भदौमा र तेस्रो पटक असोजमा एउटै बाली भित्र्याएका पनि छौँ । उत्पादनमा पहिलो चरणजस्तो नभए पनि मेहनतअनुसार राम्रो हुने गरेको छ”, उहाँले भन्नुभयो, “एक पटक गरेको मेहनतले तीन पटक धान भित्र्याउन पाए त्योभन्दा अरू के चाहियो । त्यसका लागि बाढी र डुबानको समस्या आउनु भएन ।”

उहाँले बाह्रै महिना खेतमै रहने किसानले अहिलेसम्म राज्यबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले आफूहरूले लगाएको धान खेतीको फोटो खिचेर अन्यत्रै किसानको नाममा कृषि सामग्री वितरण हुने गरेको भन्दै वास्तविक किसान अझै पनि राज्यको पहुँचमा पुग्न नसकेको बताउनुभयो । “फोटो हाम्रो खेतबाट खिचेर लग्छन् । जसले खेतमा काम गर्दैनन् र पहुँचमा छन्, उनैले अनुदान पाउँछन्”, उहाँले भन्नुभयो, “हाम्रो कुनै ठाउँमा पहुँच पनि छैन । हामीलाई उपलब्ध गराइदिने कुनै निकाय पनि छैन । जति सक्यो आफ्नो शक्तिले गर्नुपर्ने बाध्यता छ ।” भजनीमा करिब ५०० बिघा बढी क्षेत्रफलमा चैत धानको खेती भएको नगरपालिकाले जनाएको छ ।रासस

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles