Tuesday, December 5, 2023

महाकाली घटनामा प्रतिवेदनको आधारमा जुनसुकै अडान लिन पनि तयार छौँ – गृह मन्त्री

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।

आज सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै गृह मन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताउनुभयो । उहाँले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उहाँले बताउनुभयो । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

मन्त्री खाँडले भन्नुभयो, ‘हामी आफैँले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिन प्रतिवेदन आइसकेपछि त्यसमा उल्लेख भएका कुरामा हामी जुनसुकै अडान लिन पनि तयार छौँ । त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने, आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको म अवगत गराउन चाहन्छु ।’

उहाँले साउन १५ गते व्यास गाउँपालिका वडा नं। २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताउनुभयो । उहाँले त्यही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट त्यस घटनाको सम्बन्धमा वास्तविक तथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ९इन्स्पेक्टर० नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीन जनाको टोलीले स्थलगत छानबिनका लागि घटनास्थलमा खटिएको बताउनुभयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढमा रहेको जिल्लाधिकारीलाई त्यस घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभयो । जयसिंह धामी भन्दा अगाडि त्यस ठाउँको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको गृह मन्त्री खाँडले बताउनुभयो । यस्तै तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नका लागि जिल्ला सदरमुकाम बोलाइएको, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजीको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको पालिकाबाट पनि खोजमा समन्वय गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीसमेत पाँच जना रहने गरी स्थलगत रूपमा छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरी घटनास्थलमा पठाइसकिएको उहाँले बताउनुभयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles