Monday, December 4, 2023

१ सय ६० हेक्टर जमिनलाई सिंचाई पु¥याउने सिंचाई योजनाको काम अन्तिम चरणमा

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

कमलामाई नगरपालिका १० र ११ को निर्माणधीन सिंचाइ कुलोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशको आर्थिक सहयोगमा १ सय ६० हेक्टर जमिनलाई सिंचाई पु¥याउन सुरु भएको सिंचाइ योजनाको काम अन्तिम चरणमा पुगेको हो ।

कमलामाई नगरपालिका ११ को धमिले फाँट सिंचाई योजनाको काम ९० प्रतिशत सम्पन्न भइसकेको बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बताउनुभयो । धमिले फाँटको ९० हेक्टर जमिनमा सिंचाइ पुराउने सिंचाइ योजना ०७७ पुष बाट सुरु भएको थियो । यहि कार्तिकमा निर्माण सम्पन्न गरिने गरि धमिले फाँट सिंचाइ योजनाको काम भइरहेको सांसद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको कुल ३ करोड १२ लाख ६९ हजार लागतमा धमिले फाँट सिंचाई योजना निर्माण हुने छ । उक्त योजना २९.२४ प्रतिशत भ्याट घटी १ करोड ६० लाख २८ रुपैया ७८ पैसामा सिनामंगल ९ काठमाडौ मैनावली कुवर जे.भी.ले ठेक्कामार्फत निमार्ण गरिरहेको छ । यस्तै, १६ लाख ११ हजार ७ सय ४० रुपैयामा उपभोक्ता समिति मार्फत सिंचाई योजना निमार्ण भएको छ भने, १२ लाख ४ हजार ३ सय १३ रुपैया लागतमा जन सहभागिता मार्फत श्रमदान हुने जनाइएको छ । उक्त योजनाले ९० हेक्टर क्षेत्रफलको बालीमा सिंचाइ हुने र १ सय २७ घरधुरीका ६ सय ५२ नागरिक लाभांवित हुने छन् ।

यस्तै कमलामाई नगरपालिका १० बेलाह सरकारी टोलमा ७० हेक्टर जमिनलाई सिंचाई पु¥याउन सुरु भएको सिचाई आयोजनाको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । हाल उक्त आयोजनाको काम लगभग ९५ प्रतिशत सम्पन्न भइसकेको सासंद खड्काले बताउनुभयो । बागमती प्रदेश सरकारको १ करोड ७१ लाख २० हजार ४ सय ३३ रुपैया ९६ पैसा लागतमा बेलाह सरकारी टोलको सिचाई आयोजना निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । उक्त आयोजनाले ७० हेक्टर क्षेत्रफलको बाली र १ सय ८० घरधुरीका ८ सय नागरिक लाभाम्भित हुने छन् ।

आयोजनाको काम १ करोड ७१ लाख २० हजार ४ सय ३३ रुपैया ९६ पैसा लागतमा आत्रय निमार्ण सेवा सिन्धुलीले ठेक्कामार्फत गरेको छ भने १७ लाख लागतको काम उपभोक्ता समिति मार्फत काम भइरहेको छ ।

सासंद खड्काले सिंचाइका योजनाको अनुगमन गरिरहेको बताउनुभयो । निर्माणधीन सिंचाइका योजनामा कुनै कमिकजोरी नदेखिएको उहाँको भनाइ छ । निर्माण व्यवसायीले योजना समयमा निर्माण गर्न बताएको उहाँले बताउनुभयो । साथै उहाँले आफ्नो निवार्चन क्षेत्रमा निर्माण भइरहेका सडक, पुल, खानेपानी, भ्यू टावर लगाएका योजनाको काम तिब्र रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles