Thursday, June 8, 2023

हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिद्धारा ३० वटा विवाद निरुपण

हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिले ३० वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा न्यायिक समितिमा जम्मा ३९ वटा विवाद परेकोमा ३० वटा विवादको समाधान भएको न्यायिक समितिका संयोजक अनिता कुमारी राईले बताउनुभयो । बाकी ९ वटा विवाद समाधानको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिमा कुटपिट, जग्गाको खिचलो, लेनदेन सम्बन्धि विवाद आएको थियो ।

हरिहरपुरगढी गाउँपालिकाको ८ वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । न्यायिक समितिमा दर्ता भएका विवादहरु न्यायिक समितिको छलफल पछि वडाको मेलमिलाप केन्द्रबाट नै धेरैजसो विवाद समाधान भएको संयोजक राईले बताउनुभयो ।

न्यायिक समितिमा समाधानको प्रक्रियामा रहेको ९ वटा विवादमा धेरैजसो लेनदेन र जग्गा खिचलो सम्बन्धि रहेको र समाधान गरिएको विवादहरुमा पनि लेनदेन र जग्गा खिचलो सम्बन्धि नै धेरै विवाद रहेको संयोजक अनिता कुमारी राईले जानकारी दिनुभयो ।

यस्तै, तीनपाटन गाउँपालिकाको न्यायिक समितिले पनि ३२ वटा विवाद समाधान गरेको तीनपाटन गाउँपालिकाका न्यायिक समितिका संयोजक पदम माया तामाङले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा न्यायिक समितिमा ४८ वटा विवाद दर्ता भएकोमा ३२ वटा विवाद समाधान भईसकेको र १६ वटा विवाद समाधानको प्रक्रियामा रहेको बताईएको छ ।

तीनपाटन गाउँपालिकामा पनि धेरैजस्तो जग्गा खिचलो र लेनदेन सम्बन्धिका विवाद आउने गरेको संयोजक तामाङले बताउनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...