Thursday, June 8, 2023

नेप्से १५ अङ्कले बढेर ३१ सय विन्दु नजिकै, १३ अर्बभन्दा धेरैको कारोबार

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ । बैंक, जलविद्युत् र उत्पादन समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से १५ दशमलव ३ अङ्कले बढेर तीन हजार ९४ दशमलव ९४ विन्दुमा पुगको छ ।

आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।

आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...