Tuesday, December 5, 2023

अब देखि लामोदुरिका सवारीसाधन चल्ने

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

काठमाडौं । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ ।,’ गृहका शाखा अधिकृत रामबहादुर केसीले प्रकाशित गरेको परिपत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरका महासचिव योगेन्द्रनाथ कर्माचार्यले लामो दूरीको यातायात सञ्चालनबारे भोलि टुंगो लाग्ने बताउनुभयो । ‘यस विषयमा छलफल गर्न भोलि १ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । यसपछि लामो दूरीको यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,’ उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाबाट सार्वजनिक यातायात प्रवेश गर्न दिइएको छैन । तर, उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् ।

त्यस्तै, साउन १ गते बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे उक्त बैठकले कुनै निर्णय गरेको थिएन । गोरखापत्र दैनिकमा यो खबर छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles