Monday, June 5, 2023

शेयर बजार नौ अङ्कले घट्यो, झन्डै आठ अर्ब रुपैयाँको कारोबार

पछिल्ला केही दिन लगातार बढिरहेको शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज मङ्गलवार भने घटेको छ । नेप्से आज नौ अङ्कले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ विन्दुमा झरेको छ । आज बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड समूहको शेयर भने बढेको छ । म्युचल फन्ड समूहको शेयरमा आज कारोबार सुरु भएदेखि नै लगानीकर्ताको आकर्षण रहेको थियो । आज दुई सय १९ कम्पनीका तीन करोड १६ लाख आठ हजार कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लक्ष्मी उन्नति फन्ड र लक्ष्मी इक्विटी फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...