Tuesday, December 5, 2023

सिन्धुलीका शिवालयहरुमा भक्तजनको भीड

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – साउनको पहिलो सोमबार सिन्धुलीका शिवालयहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । जिल्लाको कमलामाई नगरपालिका ५ मधुटारको कालिमाइ मन्दिरमा बिहान देखि भक्तजनको भिड लागेको स्थनिय अभिषेक थापाले बताउनुभयो । मन्दिरमा जिल्ला भित्रका र छिमेकि जिल्लाका भक्तजन समेत आएको उहाँले बताउनुभयो । कालिमाइ मन्दिरमा बिहानको समयमा ५ सय भन्दा बढी भक्तजन दर्शन गर्ने आएको कालिमाइ मन्दिरका पुजारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै दुधौली नगरपालिका २ लंगुरखोलाको मधुगंगा महादेव मन्दिरमा पनि पुजा गर्नेको भिड लागेको दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेस राउतले बताउनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तराइका जिल्ला लगाएत भारतबाट समेत हजारौँ भक्तजन पुजा तथा दर्शन गर्न आएका थिए । मन्दिरमा भक्तजनको घुइँचो बढे सँगै दुधौली नगरपालिकाले मन्दिर प्रवेशमा निषेध गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले बताउनुभयो । भारत र छिमेकि जिल्लाबाट आउने भक्तजनको अत्याधिक चापले कोरोना संक्रमण फैलिन सक्ने भन्दै मन्दिर प्रवेशमा निषेध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मठ–मन्दिरहरुमा पुजारीले नित्य पुजा बाहेक अन्य सामूहिक पुजा तथा बलि दिने, कुनै मेला महोत्सव, हाटबजार, खेलकुद प्रतियोगिता, र भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्णय गरेको थियो । जिल्लामा भक्तजनको चाप बढेकाले सम्र्पूण शिवालय मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई अनुगमन गर्न दिर्नेशन दिएको उहाँले बताउनुभयो । साउन महिनामा मन्दिरमा हुने भिडभाड कम गर्न निषेधाज्ञा कडाइ गरिने प्रजिअ न्यौपानेको भनाइ छ । साथै उहाँले निषेधाज्ञाको पालना गर्न जिल्लाबासीलाई आग्रह गर्नु भएको छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न प्रजिअ न्यौपानेले अनुरोध गर्नु भयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles