Thursday, June 8, 2023

देउवाको व्यस्तता बढेपछि आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाण्डौ – नेपाली कांग्रेसको आज बिहीवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आउँदो महाधिवेशन र सरकार सञ्चालनका विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारीको बैठक बस्ने तयारी थियो ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण आजको बैठक भोलि शुक्रवारका लागि सारिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । कांग्रेसमा मन्त्री बन्ने आकाङ्क्षी धेरै भएकाले सबै पक्ष समेटेर मन्त्री बनाउन देउवालाई दबाब रहेको छ ।

यस्तै चौधौँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवाद पनि छिटै टुङ्ग्याउनुपर्ने माग बढ्दै गएको छ । सदस्यताको विवादलाई लिएर पार्टी कार्यालयमै नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...