सिन्धुली – रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जिल्ला अस्पताल सिन्धुलीलाई अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको छ । जिल्ला अस्पताल सिन्धुलीलाई केहि अक्सिजन कन्सन्टे्रटर आवश्यक भएको र अस्पतालले क्लबलाई अक्सिजन कन्सन्टे्रटर उपलब्ध गराईदिन आग्रह गरेपछि क्लबले अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको होे ।
रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले प्यारेन्ट क्लब रोटरी क्लब अफ काठमाण्डौँलाई सहयोग गर्न आग्रह गरेपछि रोटरी क्लब अफ काठमाण्र्डौले अक्सिजन कन्सन्टे्रटर उपलब्ध गराएको र रोटर याक्ट क्लब अफ सिन्धुलीगढि मार्फत जिल्ला अस्पताल सिन्धुलीका ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई क्लबले दुई थान अक्सिजन कन्सन्टे्रटर हस्तान्तरण गरेको क्लबका सचिब सुर्दशन शाहिले जानकारी दिनुभयो । सोहि अक्सिजन कन्सन्ट्रेटर काठमाण्डौँ देखि सिन्धुली सम्म ल्याउन सहयोग गर्ने राज कुमार श्रेष्ठ र मेघ बहादुर लामालाई क्लब परिवारले धन्यवाद दिएको छ ।रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले गर्दै आएको सामाजिक कार्यलाई जिल्ला अस्पताल सिन्धुलीका ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले धन्यवाद दिनुभएको छ ।