Thursday, June 8, 2023

जिल्ला सहकारी संघ सिन्धुलीको कार्यालय अब राष्ट्रिय सहकारी बैँकको माथिल्लो तलामा

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका – ६ धुराबजारमा कार्यालय रहि लामो समयदेखि कारोबार गर्दै आएको जिल्ला सहकारी संघ, लिमिटेडको कार्यालय सरेको छ । सिन्धुली जिल्लामा संचालित सम्पूर्ण सहकारी संस्थाहरुको अभिभावक संघ जिल्ला सहकारी संघको संस्थागत विकासमा अग्रसर भुमिका खेल्दै आएको संघको कार्यालय हाल कमलामाई नगरपालिका वडा नं – ६ , १ नम्बर बजार स्थित राष्ट्रिय सहकारी बैँक शाखा कार्यालय रहेको घरको माथिल्लो तलमा सरेको हो । सहकारी अभियानको कारोबार एकै ठाउँबाट हुने गरि हाल सहकारी बैँक रहेको घरको माथिल्लो तलामा भाडा लिईसकेको जिल्ला सहकारी संघ सिन्धुलीले जनाएको छ । यस आर्थिक वर्षदेखि जिल्लाको सहकारी संस्थाहरुको सहकार्यमा पूर्ण रुपमा वित्तिय बैँकिङ कारोबार सुरुवात गर्न संघ लागेको र त्यसमा धेरै संस्थाहरुको वित्तिय सहभागित बढिरहेको संघले जानकारी दिएको छ ।
आगामि वर्ष कम्तीमा १० प्रतिशत शेयर लाभाम्स प्राप्त गराउने तथा बचतमा ७ प्रतिशत सम्म र ऋणमा अधिकतम ९ प्रतिशत ब्याज रहने गरि निति निर्माण संघले गरेको छ । त्यसका लागि सम्पूर्ण संस्थाहरुलाई सहभागित हुन संघले आब्हान गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...