Thursday, September 28, 2023

स्वयम्भूको डेटिङपछि घ्याम्पेडाँडाको ‘यौन काण्ड’ उपसचिवलाई उन्मुक्ति, खरिदारलाई मुद्दा

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

काठमाडौं । सरकारी नम्बर प्लेटको गाडीमा चढेर मस्ती गर्ने बेथिति मौलाइरहेको छ । निषेधाज्ञाको समयमा सरकारी गाडीमा स्वयम्भू डेटिङमा जाने उपसचिव भाइरल भएका थिए । निषेधाज्ञाको समयमा नियम उल्लंघन गरे पनि उनलाई उन्मुक्ति दिइयो । कारबाही चलाइएन । घटना त्यत्तिकै सामसुम पारियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन गर्न समिति बनाइए पनि पास लिएका कारण निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष निकालियो । त्यसपछि त्यो घटना त्यत्तिकै सामसुम भयो ।

उक्त घटना सेलाउन नपाउँदै भक्तपुरको घ्याम्पेडाँडामा उस्तै प्रकृतिको नयाँ काण्ड आएको छ । एक खरिदार बिहीबार मध्यराति घ्याम्पेडाँडामा सरकारी गाडीभित्रै यौन क्रियाकलापमा लिप्त रहेको अवस्थामा रंगेहात पक्राउ परे । उनीसँगै गाडी चालक पनि पक्राउ परे । दुवैले एक युवतीमाथि यौन गतिविधि गरिरहेको अवस्थमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि छानविन सुरु भयो । छानविनका क्रममा सेतो नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुल्यो । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक र खरिदार रहेछन् ।

पक्राउ पर्नेमा मन्त्रालयका खरिदार ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय चालक शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेकी छन् ।

अनुसन्धानका क्रममा युवतीले आफूले राति ११ बजे लिफ्ट मागेको । र, लिफ्ट पाएपछि गाडी चढेको अनि गाडीमा सवार हुने क्रममा सहमतिमै दुवैजनासँग यौनसम्बन्ध राखेको बयान दिएकी छन् ।

प्रहरीले युवतीको बयान सुनेपछि गाडी चालक र खरिदार खत्रीमाथि यौजन्य गतिविधिमा मुद्दा चलाएको छ भने युवतीलाई चाहिँ उन्मुक्ति दिइएको छ ।

दुवैमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने महल ९१० नम्बरको कसुर चलाइने भनिएको छ ।

स्वयम्भू र घ्याम्पेडाँडाको उक्त गतिविधिमा संलग्नमध्ये निषेधाज्ञा उल्लंघन गर्ने उपसचिव रोशन श्रेष्ठलाई छुट दिइएको छ भने मध्यरातमा यौन क्रियाकलापमा सरकारी गाडीभित्र लिप्त खरिदार खत्रीलाई मात्रै मुद्दा चलाइएको छ ।

कारबाही त सबैलाई हुनुपर्ने होला । नत्र त ‘नेपालको कानून दैवले जानुन्’ भन्ने भनाइलाइ नै थप बल दिँदैन र

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles