Monday, December 4, 2023

विदेशमा ठक्करै ठक्कर, गाउँ फर्किएर बाख्रापालन

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

लमजुङ – घरको आर्थिक अवस्था कमजोर । खासै पढाइ, लेखाइ भएन । त्यसैले कलिलै उमेरमा धन कमाउन भारत पस्नुभयो, लमजुङ दोर्दी गाउँपालिका ३ श्रीमन्ज्याङका धनबहादुर गुरुङ ।

उहाँले भारतमा १० वर्षसम्म श्रम गर्दै पसिना बगाउनुभयो । एक दशकसम्म भारतमा बिताए पनि उहाँको आर्थिक स्थिति भने माथि उठ्न सकेन । ‘१५ वर्षमा भारत गएँ, १० वर्ष उतै काम गरेँ तर गतिलो कमाइ भएन’, उहाँले भन्नुभयो ।

त्यसपछि उहाँ गाउँ नै फर्कनुभयो । गाउँ त फर्कनुभयो तर आम्दानीको कुनै स्रोत नभएपछि उहाँलाई गुजारा चलाउन निकै सकस भयो ।

‘चुल्हो बाल्न’ कै लागि फेरि विदेश

घरको ‘चुल्हो बाल्न’ कै लागि धनबहादुरले फेरि विदेश जाने सोच बुन्नुभयो । उहाँ २०७० सालमा मलेसिया जानुभयो । उहाँले मलेसियामा नौ महिना बिताउनुभयो ।

उहाँले त्यहाँ झन् धेरै दुःख भोग्नुपर्यो । ‘मलेसिया त गइयो । २४ घण्टा एअरपोर्टमै अलपत्र परियो’, धनबहादुरले भन्नुभयो, ‘धेरै समयपछि कम्पनी लिन आयो । लामै समय कोठामा थुनिएर बस्नुपर्यो । बल्ल–बल्ल कम्पनीले काम लगायो ।’

उहाँले नौ महिनाको अवधिमा पाँच महिना मात्रै काम गर्नुभयो । ‘नौ महिनाको अवधिमा पाँच महिना काम गरेँ तर तीन महिनाको मात्रै तलब पाएँ’, उहाँले भन्नुभयो, ‘विदेशमा धेरै ठक्कर खाइयो । विदेशमा बस्न मन लागेन र गाउँ फर्किएँ ।’

बाख्रापालन सुरु

गाउँ आएपछि हातमा सीप नभएकाले काम पनि भएन अनि कमाइ पनि भएन । गुजारा चलाउन समस्या भयो । धनबहादुरले गुजारा चलाउन ज्याला–मजदुरी, खेती–किसानी गर्न थाल्नुभयो । खसी–बोकाको व्यापार पनि थाल्नुभयो ।

किसानबाट खसी–बोका खरिद गरी उहाँले गाउँ, बजार क्षेत्रमा बिक्री गर्न थाल्नुभयो । यसबाट राम्रै कमाइ भयो ।

त्यसपछि उहाँलाई मनमा लाग्न थाल्यो, ‘बाख्रापालनबाट राम्रो कमाइ हुने रहेछ । आफैँ बाख्रा पालन किन नगर्ने रु ’बाख्रापालनबाट राम्रो कमाउन सकिने आशाका साथ धनबहादुरले गाउँमै बाख्रा पाल्न थाल्नुभयो । उहाँले २०७१ सालदेखि बाख्रापाल्न सुरु गर्नुभएको हो ।

एउटा माउबाट बाख्रापालन सुरु गर्नुभएका उहाँले बिस्तारै बाख्राको सङ्ख्या बढाउँदै लैजानुभयो । ‘श्रीमन्ज्याङ कृषि फर्म’ दर्ता गरी अहिले उहाँ व्यवसायिक बोयर बाख्रापालनमा रम्नुभएको छ । उहाँले दुई वटा आधुनिक खोरमा बाख्रा पाल्दै आउनुभएको छ ।

बोयर बाख्रापालन स् कमाइ ज्यादा, किसानलाई फाइदा

उहाँको फर्ममा अहिले ३५ वटा बोयर, जमुनापारी दुई वटा, खरी १२ वटा र बिटल जातका बाख्रा छन् ।

कम समयमै धेरै उत्पादन हुने, उत्पादन सजिलै बिक्री हुने भएकाले बोयर बाख्रापालन गरेको उहाँले बताउनुभयो । ‘कम समयमै धेरै उत्पादन हुन्छ । उत्पादनको मूल्य राम्रो छ । उत्पादन सजिलै बिक्छ’, धनबहादुरले भन्नुभयो, ‘बोयर बाख्रा पाल्दा किसानलाई निकै फाइदा हुन्छ ।’फर्मबाट वार्षिक चाररपाँच लाख हाराहारीमा कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘विदेशमा भन्दा स्वदेशकै उद्यममा खुसी छु । कृषि उद्यमबाट राम्रै कमाइ भइरहेको छ’, उहाँले भन्नुभयो, ‘घरपरिवारको गुजारा चलाउन सजिलो भएको छ ।’
पैसाकै लागि किन जानुपर्यो र विदेश रु

बाख्रापालन व्यवसायमा सम्बन्धित निकायबाट साथ र सहयोग पाइरहेको उहाँले बताउनुभयो । ‘सरकारी निकायबाट साथ र सहयोग मिलेको छ । यसले झनै व्यवसायमा लाग्ने हौसला प्रदान गरेको छ’, खुसी हुँदै धनबहादुरले भन्नुभयो ।

बोयर बाख्रापालनलाई थप विस्तार गर्दै लैजाने उहाँको योजना छ । आवश्यक ज्ञान, सीप लिएर घर–गाउँमै कृषि उद्यम गर्न सके यहीँ मनग्य कमाउन सकिने र जीवन चलाउन सकिने उहाँले बताउनुभयो ।

‘देशकै माटोमा दुःख गरौँ । पसिना बगाऔँ । परिश्रम गरेँ यहीँ धन आर्जन गर्न सकिन्छ’, धनबहादुरले भन्नुभयो, ‘विदेश जान लाग्ने खर्च, उता बगाउने पसिना यतै खर्च गर्न, बगाउन सके यहीँ राम्रो कमाउन सकिन्छ । जीवन चलाउन सकिन्छ । अनि पैसाकै लागि किन जानुपर्यो र विदेश रु’

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles