Thursday, June 8, 2023

सिन्धुलीमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज भोलिदेखि लगाईने

सिन्धुली – सिन्धुलीमा कोरोना भाईरस विरुद्धको भेरोसेल खोपको दास्रो मात्रा लगाईने भएको छ । कोरोना भाईरस (कोभिड १९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लागाएका ६२ देखि ६४ वर्ष उमेर समुहका नागरिक र पत्रकारहरुलाई भोली र पर्सि दुई दिन दोस्रो डोज लगाइने जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २२ देखि २४ दिनभित्रमा दोस्रो डोज लगाइ सक्नु पर्ने भएकाले खोपको दोस्रो डोज लगाउनु सुरु गरिने भएको हो ।
यहि जेठ २५ गतेदेखि २८ गतेसम्म सिन्धुली जिल्ला भित्रका पहिलो डोज खोप लगाएका ६२ देखि ६४ वर्ष समुहका नागरिक र पत्रकारहरु दोस्रो डोज खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा जम्मा २६ सय ३५ जनाले भेरोसेल खोप लगाएका थिए । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले खोप लगाएको कार्ड लिएर नजिकैको स्वास्थ्य संस्थामा गई दोस्रो डोज खोप लगाउन सकिने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...